नेपाली मिति रूपान्तरण: वि.सं. देखि ई.सं. र ई.सं. देखि वि.सं.
सन् १९४३ देखि २०३४ सम्मको कुनै पनि मिति विक्रम संवत्, ईस्वी संवत् र नेपाल संवत्बीच रूपान्तरण गर्नुहोस्। हरेक नतिजामा तीनै संवत्को मिति र तिथि देखिन्छ।
वि.सं. २०८३ का महिना सुरु हुने मिति
| विक्रम संवत् | ईस्वी संवत् |
|---|---|
| १ वैशाख २०८३ | १४ अप्रिल २०२६ |
| १ जेठ २०८३ | १५ मे २०२६ |
| १ असार २०८३ | १५ जुन २०२६ |
| १ साउन २०८३ | १७ जुलाई २०२६ |
| १ भदौ २०८३ | १७ अगस्ट २०२६ |
| १ असोज २०८३ | १७ सेप्टेम्बर २०२६ |
| १ कार्तिक २०८३ | १८ अक्टोबर २०२६ |
| १ मंसिर २०८३ | १७ नोभेम्बर २०२६ |
| १ पुस २०८३ | १६ डिसेम्बर २०२६ |
| १ माघ २०८३ | १५ जनवरी २०२७ |
| १ फागुन २०८३ | १३ फेब्रुअरी २०२७ |
| १ चैत २०८३ | १५ मार्च २०२७ |
वि.सं. देखि ई.सं. रूपान्तरण कसरी हुन्छ
विक्रम संवत् ईस्वी संवत्भन्दा करिब ५६ वर्ष ८ महिना अगाडि छ, तर यसका महिना २९ देखि ३२ दिनसम्मका हुन्छन् र हरेक वर्ष फरक पर्छन्। त्यसैले निश्चित फरक जोडेर गरिएको रूपान्तरण गलत हुन्छ। त्रिसंवत्ले वि.सं. २००० देखि २०८३ सम्मको प्रमाणित महिना-लम्बाइ तालिकाबाट रूपान्तरण गर्छ, र पछिका वर्षलाई आधिकारिक रूपमा प्रकाशित नभएसम्म अनुमानित भनी चिनाउँछ।